Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


पोखरा-बागलुङ सडक अबरुद्ध, स्याफ्रुबेसी-रसुवागढी अझै खुलेन


0
Shares

पर्वत/रसुवा, असोज २ । शनिबार रातिदेखि परेको मूसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा पोखरा–बागलुङ सडक अबरुद्ध बनेको छ ।

पर्वतको कुश्मा नगरपालिका ११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखिनै सडक अवरुद्ध बनेको हो ।

बाढीले ठूलो मात्रामा ढुंगा माटो बगाएर सडकमा थुपारेपछि र खोलानजिकै पहिरो खसेपनि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

विहान साढे तीन वजेदेखि अवरुद्ध बनेको सडक खुलाउन पहल भैरहेको जिल्ला ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए ।

डोजरमार्फत् बाटो खुलाउने प्रयास भइरहेको रानाभाटले जनाए ।

सडक अवरुद्ध हुँदा धौलागिरी अञ्चलका बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतको कुश्माबाट बिहानी सेवामा छुटेका लामो तथा छोटो दुरीका साधनहरु अलपत्र परेका छन् भने अन्यत्रबाट धौलागिरीतर्फ आएका रात्रीसेवाका सवारी साधनहरु डिमुवामा रोकिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यता, पासाङ ल्ह्यामु सडकको स्याफ्रुबेशीदेखि रसुवागढी सडकअन्तर्गत बृदिमको लिङलिङमा झरेको पहिरो हटाउन नसक्दा यातायात सुचालु हुन सकेको छैन ।

सडकमा ठूला चट्टान झरेकाले विष्फोटक पदार्थ प्रयोग गरी नेपाली सेनाले बाटो खुलाउन खोजेपनि ड्रिल मेसशन नहुँदा काम छिटो हुन नसकेको जनाइएको छ ।

एक साता अघि झरेको पहिरो उपकरण अभाबका कारण खुलाउन ढिलाई भएपनि आज साँझसम्ममा सडक खुलाउने प्रयास भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

सडक सुचालु हुन नसक्दा चीनबाट नेपालतर्फ सामान लिएर आउन लागेका सयौं कन्टेनर भन्सारमै थन्किएका छन् भने रसुवागढी भन्सार हुदै नेपाल आवत जावत गर्नेे चिनियाँ पर्यटकलाई समेत सास्ती परेको छ ।