नगरकोट, असोज २ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताएका छन् ।
भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले ‘बैंकको सुनचाँदी बिक्री भएन भन्दैमा व्यवसायीलाई दोषी वा जिम्मेवार देखाउन मिल्दैन भने ।
अध्यक्ष शाक्यले भने- ‘के कारणले बैंकको सुनचाँदी बिक्री भएन त्यसको कारण खोज्ने जिम्मा बैंक तथा सरकारको हो ।
’सुनचाँदी सम्बन्धी छुट्टै ऐन नहुँदा प्रहरी प्रशासनको तजबिजमा व्यवसायीहरुले कारबाही भोग्नुपर्ने बाध्यताको उनले आलोचना पनि गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले सुनचाँदीजस्तो संवेदनशील व्यवसाय सम्बन्धी छुट्टै ऐन नहुँदा जिल्ला÷जिल्लामा समस्या रहेको बताए ।
कार्यक्रममा भक्तपुरका दुई वरिष्ठ सुनचाँदी व्यवसायी शाक्यान शाक्य र अष्टबज्र शाक्यलाई सम्मान गरिएको थियो ।
यसैबीच सङ्घ साधाण सभाले पद्मसुन्दर शाक्यकै अध्यक्षतामा सर्वसम्मत् १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा वसन्तराज शाक्य, द्वितीय उपाध्यक्षमा विजयरत्न शाक्य, महासचिवमा प्रदीपरत्न शाक्य, सचिवमा अष्टरत्न शाक्य, कोषाध्यक्षमा पद्मसुन्दर शाक्य र सहकोषाध्यक्षमा हेमबज्र बज्राचार्य रहेका छन् । रासस





प्रतिक्रिया दिनुहोस्