फिदिम, असोज २ । महिनौंसम्म फोहोर नउठेर दुर्गन्धित बन्दै गएको पाँचथरको फिदिम नगर पछिल्लो समय निकै सफा हुन थालेको छ । नमूना शहरको सरसफाईमा पछिल्लो समय नेपाल प्रहरीले सक्रियता बढाएसँगै फिदिम नगर सफा र सुन्दर बन्दै गएको हो ।
सरसफाईमा नेपाल प्रहरीले लिएको नेतृत्वदायी भूमिकामा फिदिम नगरपालिका, बजारवासी, ब्यवसायी, संघ संस्था तथा युवाहरुले समेतले साथ दिन थालेका छन् ।
प्रहरीको नेतृत्वमा शुरु भएको सरसफाई अभियानले वर्षौदेखि सरसफाई नभएका नालीको रुप फेरिएको छ । नाली थुनिएर बजार क्षेत्र हिलाम्मे हुने गरेको थियो । बजारवासी र सम्बन्धित पक्षले सरसफाईमा ध्यान नदिएकाले स्थानीयलाई समेत सहभागी गराउँदै सरसफाई अभियान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्