Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


डुंगा डुब्दा बेपत्ता १० मध्ये एकजना सम्पर्कमा, ९ जनाको खोजी जारी


0
Shares

सुनसरी, असोज २ । सप्तकोशीमा डुंगा डुब्दा बेपत्ता भएका १० जनामध्ये एकजना सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

महेन्द्रनगर गाविस–५ की १४ वर्षीया किशोरी सम्पर्कमा आएको र उनी दुर्घटना परेको डुंगामा नरहेको खुलेको प्रहरीले जनाएको छ ।

अन्य वेपत्ता ९ जनाको भने प्रहरीले यसअघि नै नाम सार्वजनिक गरिसकेको छ ।

बेपत्ता हुनेमा तीन बालिका, पाँच महिला र एक जना डुंगाका ठेकेदार छन् । जसमध्ये सुनसरीको महेन्द्रनगर–५ का ७ वर्षीया रेखा झा, २५ वर्षीया मीना झा, सोही ठाउँकी ३ वर्षीया पुनम झा, महेन्द्रनगर–४ की ४५ वर्षीया पार्वती चन्द्रवंशी, ४० वर्षीया सकुन्तला चन्द्रवंशी, प्रकाशपुर–४ की ३० वर्षीया सीता कविरथ, प्रकाशपुर–५ का गोल्टु चन्द्रवंशीकी १२ बर्षीया छोरी र ५५ बर्षीया चनन देवी यादव बेपत्ता भएको प्रहरीले जनाएको छ ।

डुंगा डुब्दा ठेकेदार तुफानी चन्द्रवंशी पनि बेपत्ता छन् । बेपत्ताहरुको खोजी गर्न पाँचवटा टोली परिचालन गरिएको छ ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएका छन् । सुनसरीकै श्रीलंका टापुबाट कोशी पूर्वको प्रकाशपुर जाने क्रममा शनिबार दिउँसो १२ बजेतिर डुंगा डुबेको थियो ।