Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता


0
Shares

काठमाडौं, असोज २ । प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी मुलुक भारतको चारदिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख, मुख्य सचिव, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।

भारत बसाई क्रममा गरिएका भेटवार्ताबाट भारतसँगको सम्बन्ध सुधार्न सफल भएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा गत भदौ ३० गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली गएका प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा भारतीय राष्ट्रपति मुखर्जी, प्रधानमन्त्री मोदी, भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहलगायतसँग उच्च राजनीतिक भेटवार्ता गरेका थिए ।

Skip This