४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


विमानस्थलबाट विप्लव माओवादीका कार्यकर्ता पक्राउ


0
Shares

काठमाडौं, असोज २ । भारत भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

देशको हित विपरित संयुक्त विज्ञप्ति जारी गरेको भन्दै विप्लव माओवादीका कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुल गेटमा कालो झण्डा देखाएका हुन् ।

त्यस क्रममा प्रहरीले ३० जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई केही घण्टा नियन्त्रणमा राखेर छाडिएको महानगरीय प्रहरी बृत्त गौशालाले जनाएको छ ।