Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


आइतबार शेयरमा दोहोरो अंकको गिरावट


0
Shares

काठमाडौं, असोज २ । आइतबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आयो ।

यसदिन नेप्से साढे १० अंकले घटेर १८०४ विन्दुमा आइपुग्यो । वाणिज्य बैंक र बीमा समुहमा उच्च अंकको गिरावट आएसँगै नेप्से झरेको हो ।

वाणिज्य बैंक समूह साढे १८ अंकले घट्यो भने बीमा समूहमा पनि ८७ अंकको गिरावट आयो ।

जलविद्युत समूहमा १४ अंकको बृद्धि आयो भने टेलिकम सूचीकृत अन्य समूहमा पनि साढे ९ अंकको सुधार आयो ।

होटल समूहमा पनि २१ अंकको बृद्धि आयो । यसदिन कारोबार परिमाण भने उच्च रह्यो । १४२ कम्पनीको २४ लाख ९१ हजार बराबर कित्ता शेयर २ अर्ब ४६ करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।