४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


नेपालको आन्तरिक विषय अन्तर्राष्ट्रियकरण गरिनु लज्जास्पद : राई


0
Shares

काठमाडौं, असोज २ । नेकपा एमालेका नेता एवम् पूर्व संचारमन्त्री शेरधन राईले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तब्यमा नेपालको संविधान संशोधनको विषय उल्लेख गरिनु दुःखद भएको बताएका छन् ।

काठमाडौंमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै राईले नेपालको आन्तरिक विषयमा स्वदेशमै सहमति खोज्नुको साटो यसलाई अन्तर्राष्ट्रियकरण गरिनु लज्जास्पद भएको बताए ।

यस्तै माओवादी केन्द्रका नेता प्रभू साहले प्रधानमन्त्री दाहालको भारत भ्रमण सद्भाव भ्रमण भएको भन्दै यसको विषयमा अनावश्यक टिका टिप्पणी गर्नुको तुक नहुने बताए ।

कार्यक्रममा राप्रपा नेपालका मुख्य सचेतक दिलनाथ गिरीले सरकारले संविधान संशोधनको तयारी गरे पनि यो विषयमा आफ्नो पार्टीलाई कुनै जानकारी नगराएको गुनासो गरे ।

यस्तै मधेशी मोर्चाका तर्फबाट सहभागी सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले अहिलेको संविधान संशोधन गरी मोर्चाको माग सम्बोधन नगरिएसम्म आन्दोलन जारी राख्ने बताए ।