Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


संविधान दिवसको शुभकामना: संविधान कार्यान्वयनमा सबैको जोड


0
Shares

काठमाडौं, असोज ३ । संविधान दिवसको अवसारमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, विभिन्न राजनीतिक दलका नेताले शुभकामना सन्देश दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयका लागि जोड दिनुपर्ने उल्लेख गरेकी छन् । लामो पर्खाइपछि पाएको उपलब्धी संस्थागत गर्नु अबको चुनौती रहेको र त्यो चुनौती पार गर्न सबै मिलेर लाग्नु पर्नेमा उनले जोड दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संविधानको कार्यान्वयनमार्फत लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र सम्पूर्ण नेपालीलाई समर्पित हुन आब्हान गरेका छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको संविधान कार्यान्वयनलाई गति दिन सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।

दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश दिँदै संविधान कार्यान्वयका लागि सबै एक भएर लाग्नु पर्नेमा जोड दिएका छन् ।

संविधानले सबैको अधिकार समेट्ने प्रयास गरेको तर केही नपुगेको भए पूरा गर्दै जानुपर्ने उनले बताएका छन् ।

दिवसको अवसरमासभामुख ओनसरी घर्ती, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले पनि शुभकामना दिएका छन् ।

Skip This