Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


प्रधानमन्त्री दाहालको भारत भ्रमण अत्यन्त सफल: माओवादी केन्द्र


0
Shares

काठमाडौं, असोज ४ । नेकपा माओवादी केन्द्रले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अत्यन्त सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ ।

केन्द्रको अध्यक्ष निवास लाजिम्पाटमा बसेको बैठकले प्रधानमन्त्री दाहालको भ्रमण अत्यन्त उपलब्धिमूलक भएको निष्कर्ष निकालेको हो ।

बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणका बारेमा र त्यहाँ रहँदा भएका भेटघाटबारे सदस्यहरुलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले आफ्नो भ्रमणबाट नेपाल–भारतबीच चिसिएको सम्बन्ध सुदृढ भएको दावी गरेका थिए ।

अध्यक्ष तथा प्रधानमन्त्री दाहालले भनाई राखेपछि अरु नेताले भ्रमणबारे धारणा राखेका थिए ।

नेताहरुले भारतले नेपालको संविधानबारे बनाएको धारणा र राष्ट्रिय महत्वका आयोजनाका बारेमा भएका सम्झौताबारे अध्यक्ष तथा प्रधानमन्त्री दाहालसँग जिज्ञासा राखेका थिए ।

Skip This