Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


दोविल्ला-फलेवास सडकको कालोपत्रे महिना दिनमै भत्कियो


0
Shares

पर्वत, असोज ५ । पर्वतको सदरमुकामसँग ग्रामीण क्षेत्रलाई जोड्ने दोविल्ला–फलेवास सडकको कालोपत्रे ठेकेदारको लापरबाही र सडक विभागको बेवास्ताका कारण उप्किएको छ ।

बर्खायाममा कालोपत्र गरिएको र गुणस्तरहीन काम भएकाले एक महिनामै कालोपत्र उप्किएर सडकको बिजोग भएको हो ।

जिल्लामै पहिलोपटक ग्रामीण सडकमा गरिएको कालोपत्रे उप्किएपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।

यसै सडकको सिल्मी फाँटमा कालोपत्रे गरिएको सडकमा बाढीपछि पूरै खोल्सो परेको छ ।

न्यूनतम तीन इन्चसम्म बाक्लो कालोपत्र गर्नुपर्ने भएपनि ठेकेदारले एक इन्च मात्र गरेकाले सामान्य वर्षाले पनि असर गरेको स्थानीयको आरोप छ ।

सडक डिभिजन कार्यालय बाग्लुङका प्रमुख राजेश पौडेलले भने उक्त स्थानमा फेरि कालोपत्रे गर्न ठेकेदारलाई निर्देशन दिइसकिएको जानकारी दिए ।

दोबिल्ला–फलेबास सडकको निर्माण २०५१ सालदेखि सुरु भएको थियो । सडकको ट्रयाक खोल्न र स्तरोन्नती गरी ग्राभेल गर्न अहिलेसम्म करोडाँै रुपैयाँसमेत खर्च भइसकेको छ ।