काठमाडौं, असोज ५ । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संविधान संशोधनले निकास निस्कन नसक्ने बताउँदै अहिलेको संविधान खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।
क्रान्तिकारी माओवादीले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले ‘अहिलेकोजस्तो संविधानका लागि आफूहरुले युद्ध नलडेको’ बताए ।
‘यो संविधान पुरानो वर्गको हितमा रहेकाले आदिबासी, जनजाति, मधेसी, सिमान्तकृतलगायतको असन्तुष्टि सम्बोधन गर्न नसक्ने’ उनको भनाइ थियो ।
अध्यक्ष वैद्यले संविधान नमाने पनि चुनावमा परिस्थिति हेरेर भाग लिन भने सकिने बताए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्









प्रतिक्रिया दिनुहोस्