Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


हिमालय एअरलाइन्सले श्रीलंकाको कोलम्बो सीधा उडान गर्दै, यस्तो छ भाडादर


0
Shares

काठमाडौं, असोज ५ । निजी क्षेत्रको हवाई सेवा कम्पनी हिमालय एअरलाइन्सले श्रीलंकाको कोलम्बो सीधा उडान भर्ने भएको छ ।

कम्पनीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी असोज १५ गतेदेखि काठमाडौं–कोलम्बो–काठमाडौं सीधा उडान भर्ने जनाएको हो ।

सातामा तीन दिन उडान हुने कम्पनीले जनाएको छ । हिमालय एअरलाइन्सको कोलम्बो दोस्रो गन्तव्य हुनेछ ।

यसपछि भारतको नयाँदिल्ली उडान गर्ने योजना रहेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।

काठमाडौं–कोलम्बो–काठमाडौंको दुईतर्फी उडान भाडा प्रतिव्यक्ति ५० हजार रुपैयाँ र एकतर्फी २९ हजार रुपैयाँ रहेको महानिर्देशक राजु केसीले जानकारी दिए ।

हिमालय एअरलाइन्स नेपाल–चीनको संयुक्त लगानीमा सन्चालित कम्पनी हो ।

कम्पनीले अर्को विमान अक्टोबर अन्त्यसम्म ल्याइसक्ने र थप सेवा विस्तार गर्ने जनाएको छ ।