Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


बुधबार पनि शेयर बजारमा गिरावट जारी


0
Shares

काठमाडौं, असोज ५ । बुधबार पनि शेयर बजारमा गिरावट जारी रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ७ अंक बराबरले झरेर १७ सय ७९ मा आइपुग्यो ।

कारोबार पनि न्यून १ अर्ब तलै रह्यो । अन्य र विकास बैंकबाहेक अरु सबैजसो समूह ओरालो लागे ।

उत्पादनमूलक समूह सबैभन्दा उच्च ४९ अंकले झर्‍यो । बीमा समूह पनि ३४ अंकले ओरालो लाग्यो । जलविद्युत् र होटल समूह पनि दोहोरो अंकले झर्‍यो ।

वाणिज्य बैंक समूहमा ८ अंकको कमी आयो । अन्य र विकास बैंक समूह भने नगन्य अंकलेमात्र सकारात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४२ कम्पनीको २२ लाख कित्ता शेयर ९६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।