डिल्लीराज पन्त (इमेज)
कन्चनपुर, असोज ५ । महेन्द्रनगर नगरविकास कार्यालय अनिश्चितकालीन तालाबन्दी गरीएको छ ।
कन्चनपुर खोका छाप्रा उद्धार समितिमा आवद्ध व्यवसायीहरुले बुधबार नगरविकास कार्यालयको मुलगेटमै तालावन्दी गरेका हुन् ।
समितिलाई २०५३ सालमा सर्वदलीय बैठकबाट उक्त जमिन उपलब्ध गराइएको थियो ।
उक्त बजार क्षेत्रमा ६ मिटर बाटो खोली स्थायी र व्यवस्थित बजार बनाउनका निमित्त मन्त्रालयबाटसमेत नक्सा स्वीकृत भइ आइसक्दा पनि नगरविकासले निर्णय कार्यान्वयन नगरेको व्यवसायीको आरोप छ ।
बुधबार दिउसो यसै विषयमा नगरविकाससँग छलफल गर्न गएका खोका छाप्रा व्यवसायीहरुसँग नगरविकासका पदाधिकारी बस्न नचाहेको र अध्यक्ष कार्यालय नै छोडेर गएपछि आक्रोशित भएका व्यवसायीले तालाबन्दी नै गरेका हुन् ।
समस्या समाधान नहुन्जेल अनिश्चितकालीन तालाबन्दी गरेको कन्चनपुर खोका छाप्रा उद्धार समितिका अध्यक्ष देवलसिंह विष्टले बताएका छन् ।
आफ्ना मागहरु पाँचदिनभित्र कार्यान्वयन नभए कडा आन्दोलन गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्