Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


फिल जगेल्काको निर्णायक गोलले एभर्टन विजयी


0
Shares

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले आर्सनललाई १–० ले पराजित गरेको छ ।

गएराति भएको खेलमा एभर्टनलाई जित दिलाउन फिल जगेल्काले निर्णायक गोल गरे ।

एभर्टनले प्रिमियर लिगमा लगातार तीन जित निकाल्ने क्रममा आर्सनललाई स्तब्ध बनाएको हो ।

यो हारसँगै आर्सनलले जारी लिगको तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । ३२ खेलबाट ६३ अंक जोडेको आर्सनल तालिकाको चौथो स्थानमा छ ।

पाँचौ स्थानको चेल्सीको पनि समान ६३ अंक नै छ ।

३३ खेलबाट ८२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहँदा ३२ खेलबाट ८० अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो तथा ६४ अंक जोडेको टोटनह्याम हट्सपर तेस्रो स्थानमा छ ।