फाइल फोटो
काठमाडौं, असोज ६ । नेकपा मालेले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका सन्दर्भमा जारी गरिएको संयुक्त वक्तव्यमा भारतीय सहयोगमा सन्चालित विकास परियोजनाको संयुक्त अनुगमन तथा सुपरीवेक्षण गर्ने विषय राखिनु त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेको छ ।
पार्टीका महासचिव सीपी मैनालीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा विहीबार सम्पन्न स्थायी कमिटीको बैठकले ‘भारतलाई संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषदको स्थायी सदस्यमा समर्थन गर्नेजस्तो प्रावधान संयुक्त विज्ञप्तिमा राखिनु नेपालको राष्ट्रिय हितविपरीत रहेको ठहर गरेको’ पार्टीका नेता अइन्द्रसुन्दर नेम्वाङले जानकारी दिए ।
नेपालको संविधान संशोधनमा भारतीय मागलाई प्रधानमन्त्री दाहालले स्वीकारेर मुलुकको आन्तरिक मामलामा बाह्यशक्तिलाई प्रवेश गराएकामा बैठकले चिन्ता व्यक्त गर्दै यसले देशको भौगोलिक अखन्डतामाथि गम्भीर आँच पुर्याएको जनाएको छ ।
मुलुकको स्वतन्त्रता, सार्वभौभसत्ता र भौगोलिक अखन्डतालाई संरक्षण गर्न पार्टीले समान राजनीतिक शक्तिसँग सहकार्य गरी अगाडि बढ्ने निर्णय गरेको छ । रासस









प्रतिक्रिया दिनुहोस्