Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


‘नेपालमा ट्रेड युनियनसम्बन्धी अध्ययन–अनुसन्धान आवश्यक’


0
Shares

काठमाडौं, असोज ६ । नेपालमा श्रम तथा ट्रेड युनियनसम्बन्धी अध्ययन–अनुसन्धान आवश्यक रहेकोमा ट्रेड युनियनकर्मीहरुले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय श्रम विज्ञ भारतीय प्रोफेसर डा. शरित भौमिकको १३औं पुन्यतिथिको अवसरमा विहीबार राजधानीमा आयोजित कार्यक्रमका सहभागीहरुले नेपालमा ट्रेड युनियन अभियान अघि बढेपनि अध्ययन–अनुसन्धानको कमी रहेको बताए ।

उनीहरुले व्यवस्थापनजस्तै ट्रेड युनियनको पनि महत्वपूर्ण भूमिका भएको भन्दै श्रम व्यवस्थापनका लागि विश्वविद्यालयमा पनि अध्ययन अध्यापन हुनुपर्ने बताए ।

भौमिकको गत भदौ २३ गते थाइल्यान्डको बैंककमा निधन भएको थियो ।