काठमाडौं, असोज ६ । विहीबार सुनको मूल्य पुनः उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले उकालो लागेर ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य तोलाको ५८ हजार ४ सय रुपैयाँमा स्थीर रहेको थियो ।
विहीबार चाँदीको भाउ पनि २० रुपैयाँले बढेर ८ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय ४० डलर हाराहारीमा कारोबार भएको थियो ।





प्रतिक्रिया दिनुहोस्