बैंगलोर, चैत २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी छ । आइतबार घरेलु मैदानमा बैंगलोरले दिल्लीसँग ४ विकेटले पराजित हुँदै जारी सिजनमा लगातार छैठौं पराजय व्यहोरेको हो ।
टस जितेर पहिले फिल्डिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा बैंगलोरलाई १४९ रनमा समेटेको थियो । बैंगलोरले उक्त योगफल तयार पार्ने क्रममा ८ विकेट गुमाएको थियो । १५० रनको लक्ष्य पाएको दिल्लीले ७ बल बाँकी छँदै ६ विकेटको क्षतिमा १५२ रन बनाएर जित हासिल गरेको हो ।









प्रतिक्रिया दिनुहोस्