Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


घुन्सा हेलिकोप्टर दुर्घटनाको एक दशक, स्मृति कार्यक्रम गरिदैं


0
Shares

ताप्लेजुङ, असोज ७ । ताप्लेजुङको घुन्सामा श्री एयरलाईन्सको हेलिकोप्टर दुर्घटना भएको शुक्रबार १० वर्ष पुगेको छ ।

२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परी डा. हर्क गुरुङलगायतका संरक्षणविद्हरुको निधन भएको थियो ।

दुर्घटनाको सम्झनामा शुक्रबार ताप्लेजुङको घुन्सालगायत देशभर स्मृति कार्यक्रम गरिँदै छ । दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन सचिव डा. दामोदर पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजयकुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पालगायत २४ जनाले ज्यान गुमाएका थिए ।

सोही दिनको सम्झनामा सरकारले आजको दिन संरक्षण दिवस पनि मनाउँदैछ । सरकारले २०६५ सालदेखि असोज ७ गते संरक्षण दिवस मनाउन थालेको हो ।