Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


अवैध रुपमा खसीबोका निकासी बढ्दो


0
Shares

धनकुटा, असोज ७ । धनकुटाबाट अवैधानिक रुपमा खसीबोकाको निकासी हुने गरेको छ ।

मासुजन्य उत्पादन जिल्ला बाहिर निकासी गर्दा जिल्ला पशुसेवा कार्यालयमार्फत उत्पादनको स्वास्थ्य प्रमाणपत्र अनिवार्य लिनुपर्ने भए पनि खसीबोका ब्यापारीले विना इजाजत निकासी गर्ने गरेका हुन् ।

स्वस्थ्य मासुमात्र जिल्ला बाहिर निकासी गर्ने उद्देश्यले सरकारले अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गरे पनि धनकुटामा कार्यान्वयन हुन सकेको छैन ।

प्राविधिक जनशक्तिको अभाव तथा ब्यापारीले चोर बाटोमार्फत निकासी गर्ने भएकाले यसलाई रोक्न नसकिएको जिल्ला पसुसेवा कार्यालय धनकुटाले जनाएको छ । धनकुटाबाट धरान, ईटहरी, विराटनगरलगायतका शहरमा खसीबोकाको निकासी हुने गरेको छ ।