सिन्धुपाल्चोक, असोज ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुपाल्चोक जिल्लामा रहेको मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग अम्बाथानको शुक्रबार निरीक्षण भ्रमण गरेका छन् ।
शुक्रबार बिहान निरीक्षणका लागि त्यहाँँ पुगेका प्रधानमन्त्री दाहाललाई आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले उक्त आयोजनाको विस्तृत् जानकारी गराएका थिए ।
सो अवसरमा कामु मुख्यसचिव टंकमणि शर्मा, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिवलगायतको उपस्थिति रहेको थियो । रासस





प्रतिक्रिया दिनुहोस्