
काठमाडौं, असोज ७ । ‘समुदायमा आधारित संरक्षण, दिगो विकासमा लागि योगदान’ भन्ने नारासहित शुक्रबार १०औं राष्ट्रिय संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
वन तथा भू–संरक्षण मन्त्रालयले शुक्रबार राजधानीमा कार्यक्रम गरी यो वर्षको राष्ट्रिय संरक्षण पुरस्कार भोजराज श्रेष्ठलाई प्रदान गरेको हो ।
संरक्षणको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै श्रेष्ठलाई १ लाख ५१ हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा प्रकृति संरक्षणमा योगदान पुर्याएका ८ जना व्यक्तित्व, सन्चारमाध्यमलाई पुरस्कृत गरिएको थियो ।
यस्तै, वन विज्ञान पढिरहेका ६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वन–जंगल संरक्षणमा समुदायमा आधारित संस्थाहरुबीच सहकार्य आवश्यक भएकोमा जोड दिइन् ।
कार्यक्रममा वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले गत वर्ष आएको शक्तिशाली भूकम्पले पुर्याएको क्षति र जलवायु परिवर्तनको असरका कारण प्राकृतिक संरक्षणमा चुनौती थपिएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्