१० श्रावण २०८२, शनिबार | Sun Jul 27 2025


मिथिलाञ्चलमा विवाहित महिलाले यसरी मनाउँछन् जितिया पर्व


0
Shares

जनकपुर, असोज ७ । मिथिलाञ्चलका महिलाले श्रद्धापूर्वक शुक्रबार (आज) जितिया मनाइरहेका छन् ।

बिहानैदेखि जनकपुरको पवित्र गंगासागर, धनुषसागरसहितका जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, तोरीको तेल, फूल, चन्दनले भगवान् जीतु बाहनलाई अर्पण गर्दै जितिया पर्व मनाइँदै छ ।

जितिया पर्वका दिन व्रतालु महिलाले बिहानैदेखि उपबास बसी भोलिपल्ट बिहान जीतु बाहन भगवानलाई फूल, घिरौलाको पातमा दही, चिउरा, सक्खर अर्पण गरेपछि जितिया पर्व सम्पन्न हुने गरेको छ ।

परिवारिक सुख–शान्ति, सन्तानको दीघार्यु र पितृआत्माको शान्तिको कामना गर्दै विवाहित महिलाले जितिया पर्व मनाउने गर्दछन् ।

तराईका धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिरहा, सप्तरीलगायतका जिल्लामा जितिया पर्व मनाउने गरिन्छ ।

जितिया पर्वका दिन व्रतालु महिलाले जीतु बाहनको कथाश्रवण गर्ने चलन छ ।