
काठमाडौं, असोज ७ । अधिकारकर्मीहरुले नेपालमा दन्डहीनता बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
एमनेष्टी इन्टरनेसनल नेपाल शाखाले शुक्रबार काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित पदाधिकारीहरुको परिचय तथा चियापान कार्यक्रमका सहभागीहरुले दन्डहीनता चुनौतीकोरुपमा बढेको बताए ।
कार्यक्रममा एम्नेष्टी नेपाल च्याप्टरका नवनिर्वाचित अध्यक्ष राजन कुइँकेलले दन्डहीनता अन्त्यका लागि कानुन कार्यान्वयनमा राज्य कडाइका साथ आउनुपर्नेमा जोड दिए ।
सो अवसरमा विभिन्न दलका नेताहरु, अधिकारकर्मी, कानुन व्यवसायी, पत्रकार, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्