
तनहुँ, असोज ७ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले श्रमको सम्मान नभए मुलुकको विकास हुनै नसक्ने बताएका छन् ।
महिला पत्रकारहरुका लागि नागरिक शिक्षा विषयक दुईदिने तालिमको शुक्रबार तनहुँको दमौलीमा उद्घाटन गर्दै उनले ‘श्रमजीवी पत्रकार ऐनको पूर्णकार्यान्वयन गराउन महासंघ प्रतिबद्ध छ’–भने ।
महासंघको पाल्पा भेलाबाट पारित पत्रकार महासंघकोे विधान र प्रेस काउन्सिलबाट पारित पत्रकार आचारसंहिता पालन गर्नपनि उनले सन्चारकर्मीहरुलाई सुझाव दिए ।
दुईदिने तालिममा तनहुँ, कास्की र गोरखाका २५ जना महिला पत्रकार सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्