दिनेश थापा (इमेज)
सिन्धुपाल्चोक, असोज ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची खानेपानी आयोजनाको स्थलगत् निरीक्षण गरेका छन् ।
शुक्रबार मेलम्ची खानेपानी आयोजनाको साइट कार्यालय र सुरुङको प्रवेशद्वार अम्बाथान पुगेर दाहालले स्थलगत् निरीक्षण गरेका हुन् ।
दाहालसहित पूर्वमन्त्री अग्नि साापकोटा, सांसद शेरबहादुर तामाङ, सरकारका कायममुकायम मुख्यसचिव टंकमणि शर्मा, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव सञ्जय शाहलगायत टोलीले मेलम्ची आयोजनाको कार्यप्रगतिबारे जानकारी लिएको हो ।
सो अवसरमा आयोजनाले हालसम्म ७३ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै ०७४ वैशाखभित्र मेलम्चीको पानी काठमाडौं पुग्ने दाबी प्रस्तुत् गरेको थियो ।
स्थलगत् निरीक्षणपछि प्रधानमन्त्री दाहालले अबको ६ महिनाभित्र मेलम्ची आयोजना सम्पन्न गर्न निर्देशन दिए ।





प्रतिक्रिया दिनुहोस्