१० श्रावण २०८२, शनिबार | Sun Jul 27 2025


रेडियो धादिङको भवन भत्काएको विरोधमा धादिङबेसीमा विरोध


0
Shares

धादिङ, असोज ७ । रेडियो धादिङ र हिंसा प्रभावित महिलाहरु बस्दै आएको आवासगृह भत्काएको विरोधमा शुक्रबार धादिङबेसीमा पत्रकार र अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।

प्रेस चौतारी धादिङ, नेपाल राष्ट्रिय वाणिज्य संघ जिल्ला शाखा धादिङ, अधिकारकर्मी, र पत्रकारहरुले संयुक्त विरोध प्रदर्शन गरेका हुन् ।

शुक्रबार एकाबिहानै जिल्ला वन कार्यालय धादिङले रेडियो धादिङ १०६ मेगाहर्जको भवनमा डोजर लगाएर भत्काइएको थियो ।

जिल्ला वन प्रमुख इमनाथ पौडेलको नेतृत्वमा दुईओटा डोजरसहित बिहान ४ बजेतिर वनरक्षकहरु र ठूलो संख्यामा पुगेका प्रहरीले रेडियोका पत्रकारलाई दुर्व्यवहार गर्दै भवन भत्काएका थिए ।

यो पनि पढ्नोस्

एकाबिहानै रेडियो धादिङको भवनमा डोजर चलाइयो