
दमौली, असोज ७ । तनहुँको जामुने गाविस–७ धएरेमा शुक्रबार अपराह्न टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
पोखराबाट दमौली आउँदै गरेको ग१प ८७४३ नम्बरको मोटरसाइकललाई दमौलीबाट पोखरा जाँदै गरेको टिप्परले ठक्कर दिँदा मनपाङ–१ का ढालबहादुर शाही र अर्का एक व्यक्तिको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घटनापछि पृथ्वी राजमार्गको दमौली खैरेनीटार सडकखन्ड अवरुद्ध छ । रासस
प्रतिक्रिया दिनुहोस्