बैंगलोर, चैत २४ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंग्लोरमा भइरहेको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट लिएका छन् ।
दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच भएको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ४६ रन दिएर एक विकेट लिएका हुन् ।
विकेट लिए पनि सन्दीपको प्रदर्शन आज राम्रो हुन सकेन । उनले आफ्नो पहिलो ओभरमा एक छक्कासहित १० रन दिए । दोस्रो ओभरमा सुधार गर्दै ६ रन दिएका उनले तेस्रो ओभरमा भने ११ रन दिएर एक विकेट लिन सफल भए । चौथो ओभरमा उनले १९ रन दिए ।
सन्दीपले जारी आईपीएलमा अहिलेसम्म चार खेलबाट पाँच विकेट लिएका छन् ।








प्रतिक्रिया दिनुहोस्