Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सरकारले सुपथ मूल्यका तरकारी र फलफूल पसल पनि खोल्ने


0
Shares

                                                     फाइल फोटो

काठमाडौं, असोज ७ । सरकारले सुपथ मूल्यका खाद्यान्न पसलसँगै सुपथ मूल्यका तरकारी र फलफूल पसल पनि राख्ने भएको छ ।

शुक्रबार आपूर्तिमन्त्री दीपक बोहराको अध्यक्षतामा बसेको फलफूल तथा तरकारी व्यवसायी संघका प्रनिनिधि र अन्य सरोकारवाला निकायका अधिकारीहरुसमेतको बैठकले उक्त निर्णय गरेको मन्त्रालयले जनाएको हो ।

बैठकले दसैं, तिहार र छठ पर्वका अवसरमा उपत्यकालगायत नेपालभरि नै सकेसम्म सुपथ मूल्यमा तरकारी तथा फलफूल उपलब्ध गराउने र हाल उपत्यकाभित्र सन्चालन भैरहेका सुपथ मूल्य पसलहरुसँगै सुपथ मूल्यका तरकारी र फलफूल पसलसमेत राखी बिक्री–वितरण गर्ने निर्णय गरको मन्त्रालयले जनाएको छ ।