
पाल्पा, असोज ८ । शुक्रबार राति पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
गुल्मीबाट बुटवल जादैं गरेको बा १४ च ९३६४ नम्बरको निजी स्कार्पियो जीप सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक खण्ड मस्याम–४ चर्चरेमा सडकबाट करिब २ सय मिटर तल खस्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा गुल्मी तम्घासका ५५ बर्षिय राम प्रसाद पन्थ, सोही स्थानका ४७ बर्षिय कृष्णप्रसाद भण्डारी छन् ।
गम्भिर घाइते गुल्मी तम्घासका देवीराम पन्थीको लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचारपछि भरतपुर पठाइएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्