११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


मोरङमा २ सय २६ महिलाले लिए अंगीकृत नागरिकता


0
Shares

विराटनगर, असोज ८ । नयाँ संविधानमा अंगीकृत वैवाहिक नागरिकता सम्बन्धी व्यवस्था लागू भएको ११ महिनामा मोरङमा २ सय २६ महिलाले अंगीकृत नागरिकता लिएका छन् ।

विदेशमा जन्मिएका तर नेपालीसँग विवाह गरेका महिलालाई अंगीकृत नागरिकता दिने व्यवस्था संविधानमा छ ।

मोरङमा अंगिकृत नागरिता लिने सबै भारतीय मूलका महिला हुन् । सबै कानूनी प्रक्रिया पुगेको अवस्थामा एकै दिनमा वैवाहिक अंगीकृत नागरिकता दिने गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

११ महिने अवधिमा कार्तिक महिनामा सबैभन्दा बढी ४० महिलाले अंगिकृत नागरिता पाए ।

तराईका विभिन्न २० जिल्लामा ११ महिनाको अवधिमा सबैभन्दा बढी रुपन्देहीबाट ८ सय ४६ जनाले अंगीकृत नागरिकता लिएको गृह मन्त्रालयले जनाएको छ ।