
बुटवल, असोज ८ । बुटवल–तानसेन सडकखन्डको सिद्धार्थ राजमार्गअन्तर्गत् पाल्पाको चर्चरेमा शुक्रबार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मी तम्घास निवासी रेसुंगा बहुमुखी क्याम्पसका उपप्राध्यापक ४७ वर्षीय कृष्ण भण्डारी र निर्माण व्यवसायी ५५ वर्षीय रामप्रसाद पन्थ छन् ।
गम्भीर घाइते भएका गाडीचालक देवी पन्थीको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
तम्घासबाट बुटवल आउँदै गरेको बा१४च ९३६४ नम्बरको स्कार्पियो गाडी सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
उनीहरुको निधनप्रति नेपाली कांग्रेसका नेता एवं सभासद चन्द्र भण्डारी र नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीलगायतले शोक व्यक्त गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्