
काठमाडौं, असोज ८ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नेपालको मौलिकता र विशेषताको संरक्षणको निमित्त राज्यको पुनर्संरचना जरुरी भएको बताएका छन् ।
ज्यापु समाज, यलको २३औं वार्षिकोत्सवको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री महराले नेपाल बहुभाषिक एवं बहुधार्मिक मुलुक भएकाले पहिचानमा आधारित संघीयता आवश्यक रहेको बताए ।
उनले ज्यापु समाजले मुलुकमा श्रमिक वर्गको समाज स्थापनामा सहयोग पुर्याएको बताए ।
उक्त अवसरमा विभिन्न विषयमा विद्यावारिधि गरेका र नेपाल भाषामा स्नातकोत्तर गरेका ज्यापु समुदायका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्