११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


यति एअरलाइन्सको विमान अवतरणकाक्रममा दुर्घटना


0
Shares

लुम्बिनी, असोज ८ । यति एअरलाइन्सको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा शनिबार अपराह्न दुर्घटनामा परेको छ ।

काठमाडौंबाट भैरहवाका लागि अपराह्न ४ः१५ मा उडेको ‘९एन एआइडी’ कलसाइनको जहाज अवतरणकाक्रममा धावनमार्गबाट घुम्नेक्रममा दुर्घटनामा परेको हो ।

विमान धावनमार्गको १५० मिटर दक्षिणतर्फ पुगेको छ ।

जम्मा १९ जना यात्रु र तीन चालकदलका सदस्य रहेको विमानमा मानवीय क्षति भने भएको छैन । केही यात्रु सामान्य घाइते भएका छन् ।

दुर्घटनास्थलमा अहिले नेपाली सेना, विमानस्थलका सुरक्षा अधिकारीलगायतले उद्धार गरिरहेका छन् ।

दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको नागरिक उड्डयन कार्यालय भैरहवाले जनाएको छ । रासस