काठमाडौं, असोज ८ । यो साता पुँजीबजारमा उल्लेख्य गिरावट आयो । कारोबार भएको चारदिन नै शेयरबजार ऋणात्मक रह्यो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा साढे ३७ अंकले घटेर अन्तिम दिन १७ सय ६६ अंकमा आइपुग्यो ।
यो साता होटल र बीमा समूहबाहेक अरु कारोबार भएका सबै समूहमा दोहोरो अंकको गिरावट आयो ।
उत्पादनमूलक समूह सबैभन्दा उच्च १ सय १७ अंकले झर्यो भने वाणिज्य बैंक समूह पनि साढे ५१ अंकले ओर्लियो ।
यस्तै, जलविद्युत् समूहमा ४२ अंकको र विकास बैंक समूहमा पनि साढे २८ अंकको गिरावट आयो । कारोबार परिमाणमा भने बृद्धि आयो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५२ कम्पनीको पाँच अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरका ७२ लाख ३९ हजार कित्ता शेयरहरु खरिद–बिक्री भए ।
गत साता १ सय ५८ कम्पनीको तीन अर्ब ७५ करोड ९ लाख रुपैयाँ बराबरका ६४ लाख १७ हजार कित्ता शेयरहरु खरिद–बिक्री भएका थिए ।
कारोबार रकम गत साताको तुलनामा करिब ५१ प्रतिशतले बढी हो ।
यो साता कारोबार रकमको आधारमा नागरिक लगानी कोष, कारोबार भएको सेयर संख्याको आधारमा एनआइबीएल समृद्धि फन्ड १ र कारोबार संख्याको आधारमा एनआइसी एसिया बैंक अग्रस्थानमा रहेको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्