Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


‘मोटरबाटोले पदयात्रामार्ग संकटमा’


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, असोज ८ । अव्यस्थितरुपमा खोलिएका मोटरबाटो ट्रयाकका कारण पदयात्रामार्ग संकटमा पर्न थालेको पर्यटन व्यवसायीले बताएका छन् ।

योजनाबिना मोटरबाटो खोल्न कार्यले ठाउँ–ठाउँमा पहिरो गइ पदयात्रामार्ग संकटमा परेको उनीहरुको भनाइ छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखराको शनिबार भएको २३औं वार्षिकसाधारणभा तथा १४औं अधिवेशनमा व्यवसायीहरुले यसबारे सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिए ।

नेपालमा पदयात्रामार्गको अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन भएपनि संरक्षणमा सरकारले ध्यान नदिएको पर्यटन व्यवसायीको गुनासो छ ।

टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले पदयात्रामार्ग छोटिँदै गएपछि वैकल्पिक पदमार्ग निर्माणको खोजी भइरहेको बताए ।

माथिल्लो मुस्ताङको पदयात्रा क्षेत्रमा १० देखि १५ दिनसम्मको वैकल्पिक पदयात्रामार्ग खोजी भइरहेको उनको भनाइ छ ।

टान पोखराका अध्यक्ष दीपक अधिकारीले अवैध पदयात्रालाई निरुत्साहित गरी यात्रा सुरक्षित बनाउन पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स)सँग सहकार्य गरिने बताए ।

विश्वको उत्कृष्ट १० भित्रपर्ने अन्नपूर्ण पदयात्राअन्तर्गत् बेसीसहर, मनाङ–थोरङलापासदेखि मुस्ताङ हुँदै कास्कीसम्मको पदयात्रामार्ग मोटरबाटोको कारण छोट्टिँदै गएको व्यवसायीले बताएका छन् ।

महाधिवेशनले टान, पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको अध्यक्षमा दीपक अधिकारीलाई निर्विरोध चयन गरेको छ ।