Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


आइतबारको उपत्यका बन्द फिर्ता


0
Shares

काठमाडौं, असोज ८ । पक्राउ कार्यकर्ता रिहा भएपछि नेकपा (क्रान्तिकारी माओवादी)ले आइतबार गर्ने भनेको उपत्यका बन्द फिर्ता लिएको छ ।

चन्दा संकलन गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेका पार्टीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल (क्रान्तिकारी)का सहसंयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ र दीपेन्द्र सुनुवारलाई रिहा गरेपछि बन्द फिर्ता लिइएको माओवादी उपत्यका संयोजक दिनेश शर्माले जानकारी दिए ।

सो पार्टीले पक्राउ कार्यकर्ता रिहाइको माग गर्दै आइतबार उपत्यका बन्द कार्यक्रम आयोजना गरेको थियो ।

पक्राउ नेता, कार्यकर्ता सिंहदरबार प्रहरीवृत्तमै शुक्रबारदेखि आमरण अनशन बसेकामा शनिबार रिहा गरिएको हो ।

माओवादीका अध्यक्ष मोहन वैद्यले पक्राउ कार्यकर्तालाई शनिबार प्रहरीवृत्तमै पुगेर जुस खुवाएर अनशन तोडाएका थिए । रासस

Skip This