११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


‘यसकारण’ मौसममा खराबी, सोमबारदेखि क्रमिक सुधार आउने


0
Shares

                                                         फाइल फोटो

काठमाडौं, असोज ८ । भारतको आन्द्रप्रदेश आसपासमा न्यूनचापीय क्षेत्रको विकासको प्रभावले नेपालको मौसममा खराबी आएको छ ।

उक्त प्रणालीसँगै नेपालमा वायु दक्षिण पूर्वी र दक्षिणी बहेका कारण मौसम बदली भइ देशका अधिकांश भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण खासगरी देशका मध्य र पूर्वी भेगमा भारी वर्षात् भएको मौसमविद् सुवास रिमालले राससलाई जानकारी दिए ।

‘गएरातिदेखि सुरु भएको यो प्रणालीको बढी असर पूर्वी भेगमा छ, मध्य र पश्चिममा केही कम देखिन्छ । भोलि (आइतबार) पनि मध्य र पूर्वी भेगमा दिउँसोसम्म असर रहनेछ । सोमबारदेखि क्रमिकरुपमा सुधार आउनेछ’–उनले भने । पूर्वी भेगमा शनिबार राति भारी वर्षा हुने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सबैभन्दा बढी दाङमा ७६ मिलीलिटर वर्षात् भएको छ ।

काठमाडौंमा १२.५, विराटनगरमा ९.७, पोखरामा २५.९ र नेपालगन्जमा २२.२ मिलिलिटर वर्षा भएको छ ।

शनिबार काठमाडौंको अधिकतम् तापक्रम २४.५ र न्यूनतम १८.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस