ताप्लेजुङ, असोज ९ । एक महिनादेखि बिजुलीविहीन बनेको ताप्लेजुङमा अझै बत्ति बल्न सकेको छैन । जिल्लाको एक मात्र सोपुवा खोला लघु जलबिद्युत् आयोजनामा खरावी आएर बन्द भएसँगै पूरै जिल्ला बिजुलीविहीन बनेको हो ।
अर्कोतर्फ नेपाल विद्युत प्राधीकरणको सुस्तताका कारण ताप्लेजुङमा दशैंअघि पनि केन्द्रीय प्रसारण लाइनको विद्युत नबल्ने देखिएको छ ।
प्राधीकरणले द्रूत मार्गको विधि अपनाएर यसअघि भदौ महिनामानै ताप्लेजुङ सदरमुकाममा विद्युत बाल्ने बताए पनि काम सुस्त हुँदा दशं अघि विद्युत बल्ने सम्भावना नदेखिएको स्थानीयले बताएका छन् ।
ताप्लेजुङ नगरपालिका–८ मा अस्थायी सब स्टेशन भवन बनाइसकिएको र पाँचथरको फिदिमबाट १ दशमलव ५ मेगावाट क्षमताको ट्रान्सफर्मरसमेत ल्याइए पनि पहिरोले क्षति पुर्याएको धुसेनी भीरदेखि हिटीसम्मको पोल र तार टाँग्ने साथै पाँचथरदेखि ताप्लेजुङसम्मको लाईन क्षेत्रमा बुस कटिङ गर्न बाँकी नै रहेकाले दशैंंअघि बिद्युत नबल्ने देखिएको हो ।
प्राधीकरणले भने सबै काम दशैअघिनै सक्ने तयारी भइरहेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्