
काठमाडौं, असोज ९ । सरकारले दसैं अघि नै भूकम्प पीडितलाई अनुदान रकम वितरण गर्ने तयारी गरेको छ ।
आइतबार सिंहदरवारमा बसेको पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा अझै अनुदान रकम नपाएका भूकम्प पीडितलाई दसैं अघि नै अनुदान दिनेबारे छलफल भएको हो ।
बैठकपछि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पुनर्निर्माणको संरचनाबारे पनि बैठकमा छलफल भएको बताए ।
बैठकमा पूनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणको प्रगति विवरण र आगामी कार्ययोजनाबारे धारणा राखेका थिए ।
अर्थ, सामान्य प्रशासन, शहरी विकास, सङ्घीय मामिला तथा स्थानीय विकास, शिक्षा र संस्कृति तथा पर्यटन मन्त्रालयका सचिवहरुले पूनर्निर्माणमा विषयगत मन्त्रालयको कामको प्रगति र समस्याबारे बैठकमा रिपोर्टिङ् गरेका थिए ।
बैठकमा प्राधिकरणका सदस्य निमानन्द रिजाल, किशोर थापा र तारानिधि भट्टराईले प्राधिकरणका समस्या र चुनौतिबारे धारणा राखेका थिए ।
बैठक सोमबार पनि बस्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्