काठमाडौं, असोज ९ । साताको शुरुकै दिन आइतबार शेयर बजारमा उच्च गिरावट आयो ।
बजार परिसूचक नेप्से ३६ अंकले झरेर १७३० मा आइपुग्यो । कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूहमा सबैभन्दा उच्च २ सय ४७ अंकको गिरावट आयो । होटल समूह ६२ अंकले ओर्लियो । जलविद्युत समूह ५७ अंकले ओरालो लाग्यो । विकास बैंक समूह ५५ अंकले झर्यो ।
त्यसैगरी उत्पादनमूलक समूहमा ४० अंक बराबरको गिरावट आयो । वाणिज्य बैंक समूहमा पनि २८ अंकको कमी आयो । वित्त र अन्य समूह पनि दोहोरो अंकले ओरालो लागे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको साढे ११ लाख कित्ता शेयर १ अर्ब बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्