काठमाडौं, असोज ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको भूराजनीतिक अवस्थाप्रति हिनताबोध गर्नु आवश्यक नरहेको बताएका छन् ।
पत्रकार गोपाल खनालद्वारा लिखित ‘भूराजनीति’ पुस्तकको आइतबार काठमाडौंमा विमोचन गर्दै ओलीले नेपालले दुई ठूला मुलुकबीच रहनुको अवस्था सदुपयोग गर्न सक्नुपर्ने बताए ।
नेपालले भारत र चीन दुवैसँग सन्तुलन कायम राख्नुपर्ने पनि उनले बताए ।
कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल–भारत सम्बन्ध बुझाईमा समस्या रहेको भन्दै संवेदनशील बनेर ब्यबहार गर्नुपर्ने बताए ।
सो अवसरमा कांग्रेस नेता डा. रामशरण महत र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालले दुई ठूला उदीयमान अर्थतन्त्रबाट फाइदा लिन सक्नुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्