Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


मधेसको माग सम्बोधन गर्न कांग्रेसले अग्रसरता लिन्छ: नेता सिहं


0
Shares

काठमाडौं, असोज १० । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले मधेसको समस्या समाधान गर्न राजनीतिक सहमती जुटाएर समाधान गर्न कांग्रेसले अग्रसरता लिने बताएका छन् ।

सोमबार राजधानीको रत्नराज्य स्कुलमा सुद्ध खानेपानी प्लान्ट हस्तान्तरण कायक्रममा बोल्दै नेता सिहँंले संविधानमा सबैको अपनत्व हुनेगरि समाधानका लागि मुख्य दलहरु बीच छलफल केन्द्रित हुनु पर्नेमा जोड दिए ।

समय सिमा अत्यन्तै कम भएकाले दलहरुले समयको चाप बुझ्न नसके राजनीति अन्योलता आउन सक्नेतर्फ सचेत रहन प्रमुख दलहरुलाई आग्रह समेत गरेका छन् ।

राजनीतिक समझदारी जुटाउन सके तीनै तहको चुनाव गराउन सकिने भन्दै उनले बिस्तारै चुनावको वातावरण बन्दै गएको समेत बताउनु बताए ।

एभरेस्ट बैंकको सामाजिक उतरदाहित्व अन्तरगत बैक को १० लाख सहयोगमा उक्त योजना सम्पन्न भएको हो । कायक्रममा बैंकका अध्यक्ष बि के श्रेष्ठले आफूहरु विद्यालयलाई सहयोग गर्न पाएकोमा खुशी भएको बताए ।

 

Skip This