Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


निर्वाचन आयोगले डाकेको ‘अति गोप्य’ बैठकमा के भयो ?


0
Shares

काठमाडौं, असोज १० । व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गरेका ३१ दलले निर्वाचनमा भाग लिन चाहने नयाँ राजनीतिक दलकोमात्र दर्ता गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

आयोगले संवैधानिक प्रावधानकाबारेमा राजनीतिक दलसँग छलफल गर्न सोमबार डाकेको बैठकमा सहभागी दलले निर्वाचनमा भाग लिइसकेका दललाई ‘अद्यावधिक’मात्र गराए पुग्ने सुझाव दिए ।

नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले राजनीतिक दलसम्बन्धी संविधानको व्यवस्थाकाबारेमा आयोगले बैठकमा जानकारी गराएको जानकारी दिए ।

उनले आयोगसमक्ष यसअघिका निर्वाचनमा भाग लिइसकेका दललाई ‘अद्यावधिक’ र निर्वाचनमा भाग लिन चाहनेलाईमात्र दर्ताको प्रावधान राख्न सुझाव दिएको बताए ।

नेकपा मालेका महासचिव सीपी मैनालीले संवैधानिक प्रावधानअनुसार आयोगसँग राजनीतिक दल जोडिने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत ३१ दलका शीर्ष नेताको सहभागिता रहेको थियो ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजनीतिक दलले दिएका सुझावका आधारमा आयोगले काम गर्ने बताएको महासचिव मैनालीले जानकारी दिए ।

आयोगले सन्चारमाध्यमलाई सोमबार बैठकको श्रव्य, दृश्य तथा तस्वीर लिनबाट बन्चित गर्दै बैठक ‘अति गोप्य’ भएको जनाएको थियो ।

तर, आयोगले बोलाएको सो बैठकमा भाग लिएका राजनीतिक दलका नेताहरुले बैठकका विषयवस्तुबारे सन्चारकर्मीसँग खुलेर गरे ।

समाचार संकलन गर्न त्यहाँ पुगेका सन्चारकर्मीलाई आयोगका कर्मचारीले ‘माथिको आदेश छ, सभाकक्षमा श्रव्य, दृश्य तथा तस्वीर लिन सन्चारकर्मीलाई प्रवेश नगराउनू’ भनेका थिए । रासस

Skip This