११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


ओरालो बाटोमा बसको ‘ब्रेक फेल’ भएपछि…


0
Shares

चितवन, असोज १० । भरतपुर उपमहानगरपालिका–१० भरतपुर ओरालोमा सोमाबर दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना३ख ९४३९ नम्बरको बसले सोही दिसातर्फ जाँदै गरेको ना४१प ६३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी भरतपुर उपमहानगरपालिका वडा नम्बर–४ का ३३ वर्षीय भरत महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी सोही ठाउँका ३२ वर्षीय भीमलाल तामाङ घाइते भएका छन् । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ओरालो बाटोमा ‘ब्रेक फेल’ भएपछि बस अनियन्त्रित भइ अरु मोटरसाइकललाई पनि ठक्कर दिँदा मोटरसाइकलमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । रासस