Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


वीरगन्जको सुक्खा बन्दरगाहद्वारा दुई महिनामा ३ अर्ब ५९ करोड राजस्व संकलन


0
Shares

                                                              फाइल फोटो

पर्सा, असोज १० । नेपालको एकमात्र रेलसेवा सुविधा सम्पन्न वीरगन्जको सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आवको दुई महिनामा रु ३ अर्ब ५९ करोडभन्दा बढी रुपैयाँ राजस्व संकलन गरेको छ ।

आव २०७३/७४को साउन र भदौ महिनाका लागि भान्सार विभागले सो कार्यालयबाट रु ३ अर्ब ४१ करोड २९ लाख ३३ हजार राजस्व संकलन हुने अनुमान गरेकामा रु ३ अर्ब ५९ करोड ४७ लाख पाँच हजार राजस्व संकलन गर्न सफल भएको हो ।

संकलित राजस्व लक्ष्यको तुलनामा १०५.३२ प्रतिशत बढी अर्थात् लक्ष्यभन्दा रु १८ करोड १७ लाख ७२ हजार बढी रहेकोे सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

विभागले साउन महिनाका लागि रु १ अर्ब ५१ करोड ३ लाख ४१ हजार राजस्व संकलन हुने अनुमान गरेकामा कार्यालयले लक्ष्यभन्दा रु १० करोड ३५ लाख ६० हजार अर्थात् रु १ अर्ब ६१ करोड ३९ लाख १ हजार संकलन गर्न सफल भएको कार्यालयका प्रमुख देवीप्रसाद भण्डारीले जानकारी दिए ।

यस्तै, भदौ महिनामा रु १ अर्ब ९० करोड २५ लाख ९२ हजार राजस्व संकलन हुने अनुमानमा रु १ अर्ब ९८ करोड ८ लाख ४ हजार अर्थात् लक्ष्यको तुलनामा रु ७ करोड ८२ लाख २ हजार बढी राजस्व संकलन गरेको छ ।

भारतको कोलकाता बन्दरगाहबाट रेलमार्फत् नेपालका लागि औद्योगिक कच्चापदार्थ तथा खाद्यान्न आयातमा बृद्धि भएकाले सुक्खा बन्दरगाह भन्सारको राजस्व संकलन सन्तोषजनक भएको भन्सार प्रमुख भण्डारीको भनाइ छ ।

भारत तथा तेस्रो मुलुकबाट नेपालका लागि आयात गरिएका वस्तु रेलमार्फत् सहजरुपमा आयात हुन थालेपछि सुख्खा बन्दरगाहमार्फत् वस्तु आयात गर्ने आयातकर्ताकोसमेत संख्या बढेको र रेलमार्फत् वस्तु ढुवानी गर्दा भाडा कम लाग्नुका साथै सुरक्षित तरिकाले समयमै आयात गर्न सकिने भएकाले आयातकर्ताको रोजाइमा वीरगन्जको सुक्खा बन्दरगाह परेको उनले जानकारी दिए । रासस