११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


नेपाल–जापानको मैत्री सम्बन्ध सधैं सुमधुर : ओली


0
Shares

काठमाडौं, असोज १० । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र जापानको मैत्री सम्बन्ध सधैं सुमधुर रहेको बताएका छन् ।

नेपाल–जापान दौत्य सम्बन्ध स्थापना भएको ६०औं वर्षको अवसरमा अन्तर्राष्ट्रिय सरोकार केन्द्रले सोमबार राजधानीमा गरेको कार्यक्रममा उनले जापानले नेपालको विकासमा पुर्‍याएको सहयोगको प्रशंसा गरे ।

कार्यक्रममा जापानका लागि पूर्वराजदूत मदनकुमार भट्टराईले नेपाल र जापानबीचको कुटनीतिक सम्बन्धको विविध आयामहरुबारे चर्चा गरे ।

जाइका नेपालका प्रमुख जुन साकुमाले जापानले नेपालमा सन्चालन गरेका विभिन्न परियोजनाहरुकाबारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा नेपाली तथा जापानी कलाकारहरुले गीत–संगीत पनि प्रस्तुत् गरेका थिए ।